काठमाडौंमा जुवा खेलिरहेको ठाउँबाट १२ लाख नगदसहित ७ जना पक्राउ

प्रकाशित मिति: ११ आश्विन २०८१, शुक्रबार १६:४१


काठमाडाैं, असाेज ११ ।
काठमाडौंमा जुवा खेलिरहेको ठाउँबाट १२ लाख रुपैयाँ नगदसहित ७ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर-६ बौद्ध तिनचुलीमा जुवा खेलाउने मुख्य चीनियाँ नागरिकसहित ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चीनको आम्दो घर भई बौद्ध बस्दै आएका २४ वर्षीया सोनाम तामाङ, भारत घर भई  बौद्ध बस्ने जाम्पा खेदुप, चीन घर भई काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन, चीन घर भई बौद्ध बस्ने २७ को दासाङ, चीन घर भई काठमाडौं महानगरपालिका-२७  बस्ने ४५ वर्षीय विई चुनलिन, बौद्ध बस्ने २८ को तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका वडा नम्बर ४ घर भई हाल बौद्ध बस्ने ३५ को लोप्साङ लामा पक्राउ परेका हुन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले आज शुक्रबार पक्राउ गरेको हो । बौद्धस्थित पुष्षाल लामाको घरको दोश्रो सोनम तामाङले सञ्चालन गरेको गेम जोनमा खेल खेलाउने गरेको सूचना मिलेको थियो ।

सूचनाको आधारमा गेम खेलिरहेको अवस्थामा पक्राउ गरिएको अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

‘जुवा खेलाउने उपकरणसहित नियन्त्रणमा लिइएका छौँ,’ उनले भने, ‘कारबाहीका लागि जिल्ला परिसर भद्रकाली काठमाडौं पठाएका छौँ ।’

जुवा खेलाइरहेको ठाउँबाट फिस सर्ट गेम खेल्ने उपकरण १ थान र १२ लाख एक हजार नगद बरामद गरिएको उनले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....