काठमाडाैंकाे नागढुङ्गादेखि झ्याप्लेखाेलामा पुरिएका २ वटा बसबाट १४ जनाकाे शव निकालियाे

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार २१:१७


काठमाडाैं, असाेज १२ ।
राजधानी काठमाडाैंको नागढुङ्गादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएका २ वटा बसबाट १४ जनाको शव निकालिएको छ ।

आज शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रो बसहरू पुरिएका थिए । त्यस क्रममा लु. १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा शव निकालिएको छ ।

यसैगरी, नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरू शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

पहिरोमा अरू बसहरू पनि पुरिएको आशंकामा प्रहरीले खोजी कार्यलाई जारी राखिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....