आइतबारबाट देशभरका विद्यालय तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुराेध (विज्ञप्तिसहित)

काठमाडाैं, असाेज १२ ।
सरकारले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलि आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन् । मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्नसमेत अनुरोध गरेको छ ।
भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव श्राेत विकास केन्द्रमार्फत् मन्त्रालयमा यथाशीघ्र पठाउनसमेत अनुरोध गरेको छ ।
प्रतिक्रिया