हायस माइक्राे बस १०० मिटर तल खसेर दुर्घटना, ११ जनाकाे उद्धार
काठमाडाैं, असाेज १४ ।
नुवाकोटमा आज सोमबार दिउँसो हायस माइक्रो बस दुर्घटनामा परेकाे छ । ग. १ ख ४५३५ नम्बरको हायस दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका ११ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
“११ जनाको उद्धार गरेर काठमाडौं पठाइएको छ,” उनले भने, “उद्धार कार्य अझै पनि जारी नै छ।”
हायस सडकदेखि करिब १०० मिटर तल खसेको उनले बताए ।
शिवपुरी गाउँपालिकाअन्तर्गत टोखा-छहरे सडकखण्डमा पर्ने अदुवाबारी भन्ने स्थानमा हायस दुर्घटना भएको उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया