बाढी पहिराेमा परी अहिलेसम्म २ सय ९ जनाकाे मृत्यु, २९ जना अझै बेपत्ता
काठमाडाैं, असाेज १४ ।
असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ९ जना पुगेको छ ।
गृह मन्त्रालयकाअनुसार आज सोमबार साँझसम्मको अपडेटअनुसार २ सय ९ जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २९ जना अझै बेपत्ता छन् भने बाढी पहिरोबाट उद्धार गरिएका १ सय ४२ जना घाइते रहेका छन् ।
अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुलीलगायतका जिल्लाबाट हेलिकोप्टरमा ७ सय १३ जनाभन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कूल ४ हजारभन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया