मेडिकल व्यावसायी प्रसाईं धराैटीमा रिहा, बाेले एक थाेपा रगत रहञ्जेल लड्ने छु

काठमाडाैं, असाेज १५ ।
मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई धरौटीमा छुटेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रसाईं आज मंगलबार साँझ रिहा भएका हुन् ।
प्रसाईंविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत् चरित्र हत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।
रिहा भएपछि प्रसाईंले आफ्नाे शरीरमा एक थोपा रगत रहञ्जेल आम जनताको लडाईं लड्ने दाबीसमेत गरेका छन् । उनले आफूलाई वीर अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको आरोप लगाउँदै आफूले नेपालकै ठूलो अस्पताल चलाइरहेको समेत बताएका छन् ।
प्रतिक्रिया