बाढी पहिरोमा परी २ सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार ०८:४८


काठमाडाैं, असाेज १६ ।
हालैको बाढी पहिरोमा परी २ सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् । अन्य १ सय ५८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीकाअनुसार हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामाग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....