काठमाडाैंबाट जुवातास खेलिरहेकाे अवस्थामा नगदसहित २९ जना पक्राउ

प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार २०:५९


काठमाडाैं, असाेज १६ ।
नेपाल प्रहरीले ठूलो संख्यामा जुवातास खेलिरहेकाे अवस्थामा केही मानिसहरूलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं महानगरपालिका वडा नं.-२६ गोँगबु र कागेश्वरी मनोहरा नगरपालिका वडा नं.-९ लाइफ बेकरीमाथिबाट २९ जना जुवातास खेलिरहकाहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.-९ लाइफ बेकरीबाट १६ जना र गोँगबुबाट १३ जना पक्राउ गरेको हाे । पक्राउ पर्नेहरूमा नवराज श्रेष्ठ, राजकुमार साह, मोहनकृष्ण साह, अनिता राई, राजेन्द्र पाण्डे, हरिकृष्ण पराजुली, किरण थापा, मिलन लामा, बच्चराम विश्वकर्मा रहेका छन् ।

त्यस्तै, सोही स्थानबाट राधुराम तिवारी, रमेश लामा, सोमनाथ गोले, लक्ष्मण गजमेर, क्रिस खाती, प्रेम श्रेष्ठ र राज लामिछाने रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ६ लाख ४२ हजार ५ सय नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, गोँगबु मित्रनगरबाट पक्राउ पर्नेहरूमा सोमबहादुर तामाङ, कृष्णबहादुर भुजेल, राज कक्षपति, गोकुल चौलागाईं, चित्रबहादुर तामाङ्ग, गंगाराम पाठक, केशव नेपाल, चक्रबहादुर राई, चेन्जिङ लामा, सोहनकुमार मिश्र, फर्साङ तामाङ र विवेश लामा रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ५ लाख ६ हजार नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....