दोश्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरिने
काठमाडौं, जेठ १२ ।
यहीँ जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मत संकेतका लागि रातो मसीको प्रयोग गरिने भएको छ । यस निर्वाचनमा नीलो रङ्गको मतपत्रमा भएका कारण सोही रङको मसी प्रयोग गरेका कारण मतगणनामा अप्ठेरो भएको जनाएको छ ।
त्यसैले गर्दा निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा रातो मसी प्रयोग गर्ने निर्णय गरेको हो । पहिलो चरणको निर्वाचनमा मतगणना क्रममा अप्ठ्यारो भएकाले मतगणना गर्ने कर्मचारीको सुझावका आधारमा मतसंकेतमा रातो मसीको प्रयोग गर्न लागिएको जनाएको छ ।
आयोगले ३२ लाख १० हजार पाँच सय ४० रूपैयाँ खर्च गरेर मसी र स्ट्याम्प प्याड खरिद गर्न लागेको छ । आयोगले स्ट्याम्प प्याड र मसी खरिदका लागि बोलपत्रमार्फत् एसियन इन्टरनेशनल बिजनेश प्रालिलाई छनोट गरेको जनाएको छ ।
प्रतिक्रिया