विषालु च्याउ खाँदा नौ बिरामी

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार १२:५७


दमक, जेठ १२ ।
झापाको कमल नगरपालिकामा विषालु च्याउ खाँदा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् ।

घर छेउमा उम्रिएको च्याउ खाँदा गएराति कमल नगरपालिका–४ की ३३ वर्षीया विष्णु घिमिरे, १४ वर्षीय सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, सात वर्षीया सोनी घिमिरे, दुई वर्षीया सोनिका घिमिरे बिरामी भएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताएका छन् ।

च्याउखाँदा सोही ठाउँकी २८ वर्षीया उमा घतानी, ११ वर्षीय इन्द्र घतानी र नौ वर्षीय चन्द्र घतानी तथा छोरी दुई वर्षीया सविना घतानी बिरामी परेको प्रहरीले जनाएको छ ।

बिरामीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....