वागमती प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली

प्रकाशित मिति: ११ कार्तिक २०८१, आईतवार ०७:४०


काठमाडाैं, कार्तिक ११ ।
देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज आइतबार दिउँसो कोशी र वागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका  एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....