कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव फेला

प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार १२:५४


काठमाडाैं, कार्तिक १२ ।
काठमाडौंको कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव भेटिएको छ । कीर्तिपुर नगरपालिका+२, कीर्तिपुर अस्पताल पछाडिको झाडीमा नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले परिचय नखुलेकी एक महिलाको शव भेटिएको जानकारी दिए । उनले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको बताए ।

शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले आत्माहत्या गरेको आशंका गरेको छ । तर अन्य हिसाबबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....