एयर इण्डियाकाे विमानमा बम रहेकाे सूचना पाएलगत्तै त्रिभुवन विमानस्थलमा कडा चेकजाँच

प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार १६:५४


काठमाडाैं, कार्तिक १२ ।
एयर इण्डियाको विमानमा बम रहेको सूचना पाएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडा चेकजाँच सुरु भएकाे छ । काठमाडौंबाट आज साेमबार भारतको नयाँ दिल्लीका लागि उड्ने तयारीमा रहेको उक्त विमानमा बम रहेको सूचना पाएलगत्तै चेकजाँच भइरहेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी डम्बर विकले जानकारी दिएका छन् ।

उनकाअनुसार, उक्त विमान आजै दिल्लीबाट काठमाडौं आएको थियो । केहीबेरको अवतरणपछि दिल्ली फर्कने बेलामा बम रहेको सूचना विमानस्थल प्रहरीलाई प्राप्त भएको थियो ।

लगत्तै अहिले नेपाली सेना र प्रहरीका तालिम प्राप्त कुकुरसहित ‘सर्च’ थालिएको विकले बताए । उक्त विमानमा दिल्लीबाट आएका यात्रुहरू भने उत्रिसकेका छन् ।

यसअघि गत मंगलबार पनि विस्तारा एयरलाइन्सको विमानमा बम राखिएको हल्ला चलेको थियो ।

उक्त हल्लापछि प्रहरीले चेकजाँच गर्दा बम नभएको पुष्टि भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....