मुद्दा जिताई दिने प्रलाेभन देखाएर ठगी अभियाेगमा ललितपुरका ४५ वर्षीय महर्जन पक्राउ

प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार १८:२४


काठमाडाैं, कार्तिक १२ ।
मुद्दा जिताई दिने प्रलाेभन देखाएर १ करोड २८ लाख रुपैयाँ ठगी गरेकाे अभियाेगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बस्ने ४५ वर्षीय रवीन्द्र महर्जन रहेका छन् ।

महर्जनले काठमाडौं-निजगढ (फास्टट्रयाक) द्रूत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताई दिन्छु भनी रकम माग गरेको र रकम नदिएमा मुद्दा हराई दिने धम्कीसमेत दिएर १ करोड २८ लाख रुपैयाँ ठगी गरेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....