रास्वपाले पक्राउ परेका नेता कार्यकर्ता अविलम्ब रिहा नगरे आन्दाेलन सशक्त पार्ने चेतावनी
काठमाडाैं, कार्तिक १३ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पक्राउ परेका नेता कार्यकर्तालाई आधा घण्टाभित्र छाड्न अल्टिमेटम दिएको छ ।
शुक्रबार अर्थात् कार्तिक २ गते सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले सडक आन्दोलन गरिरहेको छ । सोही क्रममा आज मंगलबार बालुवाटार केन्द्रित आन्दोलन गरिरहेको छ । आन्दोलनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नेता कार्यकर्ता पक्राउ गरेको हाे ।
त्यसपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सांसद् हरि ढकालले भने‚ ‘आधा घण्टाको बीचमा प्रहरीले हाम्रा साथीहरू छुटाएनन् भने हाम्रो आजको आन्दोलन सशक्त पार्छौँ ।’
प्रतिक्रिया