यात्रुबाहक बस खरिपाटीमा दुर्घटना, १० जना घाइते, दुई जनाकाे अवस्था गम्भीर

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलवार १४:२२


काठमाडाैं, कार्तिक १३ ।
चाँगुनारायण नगरपालिकाको तेलकोटबाट यात्रु बोकेर आएको यात्रुबाहक बस आज मंगलबार खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीब्र गतिमा आएको प्रदेश-३-०१-००६ ख ०३१२ नम्बरकाे बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिएका छन् । घाइतेहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरूले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुई जनाको अवस्था भने गम्भीर रहेको जानकारी दिएका छन् । बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युतकाे खम्बासमेत भाँचिएको उनले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....