मटितेल छर्केर आगो लगाउँदा एकको मृत्यु

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार १५:१५


राजविराज, जेठ १२ ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा मट्टितेल छर्केर आफैंले आगो लगाउँदा एक महिलाको मृत्यु भएको छ ।

शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादवको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

आगोले पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताएका छन् ।

श्रीमान्सँग सामान्य विवाद हुँदा रामादेवीले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन् ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....