भारतमा बस ठोक्किँदा कम्तीमा १२ को मृत्यु, ३० जना घाइते

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलवार २२:५८


एजेन्सी, कार्तिक १३ ।
भारतको राजस्थान राज्यमा आज मंगलबार बस एउटा कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा दुर्घटना भएको हो । प्रहरीकाअनुसार यात्रुले भरिएको निजी बस सालासरबाट नवलगढ जाँदै थियो ।

‘आज स्थानीय यात्रु बोकेको निजी बस यहाँ कल्भर्टमा ठोक्किएर दुर्घटनामा १२ जनाको ज्यान गएको छ,’ वरिष्ठ प्रहरी अधिकारी सत्येन्द्र चौधरीले भने, ‘केही घाइतेहरूलाई जयपुरमा रिफर गरिएको र बाँकीको एसके अस्पताल सीकरमा उपचार भइरहेको छ ।’

दुर्घटना लगत्तै स्थानीयबासीले प्रहरीलाई खबर गरेपछि उद्धार टोली र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्‍याएका थिए ।

एसके अस्पताल सिकरका सुपरिटेन्डेन्ट डा. महेन्द्र खिचडले भने, ‘यहाँ कूल ३७ जना बिरामी भर्ना भएका थिए । मृतक तीन जनाको उपचारका क्रममा मृत्यु भएको र सात जनालाई जयपुर पठाइएको र बाँकीको यहीँ उपचार भइरहेको छ ।’

दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । भारतमा सडक दुर्घटनाहरू सामान्य छन् । मुख्यतयाः ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङका कारण दुर्घटना हुने गर्दछ ।

अधिकारीहरूकाअनुसार दक्षिण एसियाली देशहरूमा हरेक वर्ष करिब ५० लाख सडक दुर्घटनामा एक लाख ५० हजार जनाको ज्यान जाने गरेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....