साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने
काठमाडाैं, कार्तिक १४ ।
साफ महिला च्याम्पियनशीपअन्तर्गत आज बुधबार साँझ हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशालामा जाने भएका छन् ।
१२ औँ साफको फाइनल खेलमा बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुँदैछ । साफकाे फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
साफको फाइनल फुटबल खेल अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया