टिपर दुर्घटनामा परी अरुण तेश्राे जलविद्युतका दुई कर्मचारीकाे मृत्यु, दुई घाइते

प्रकाशित मिति: १५ कार्तिक २०८१, बिहीबार १०:१६


काठमाडाैं, कार्तिक १५ ।
मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेश्राे जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।

मकालु-५ फ्याक्सिन्दा दोभानमा एचपी ११-४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन् । दुर्घटनामा अरुण तेश्राे परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उनले बताए ।

दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरू पनि भारतीय नागरिक नै रहेका छन् । उनीहरूको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....