सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

प्रकाशित मिति: १५ कार्तिक २०८१, बिहीबार १२:२४


काठमाडाैं, कार्तिक १५ ।
सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासङ्घकाअनुसार नेपालीहरूको दोश्राे महान् चाड शुभ दीपावली अर्थात् तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रति तोला रु. २ हजार २ सयले वृद्दि भएर रु. १ लाख ७० हजार ७ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. १ लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रति तोला रु. ३ सयले वृद्धि भएको हो ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु. ३० ले घटेको छ । बुधबार प्रति तोला रु. २ हजार १ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. २ हजार ९० निर्धारण भएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....