नारायणी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला
नवलपरासी, जेठ १२ ।
नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा बिहीबार डुबेर बेपत्ता भएका दुई बालक नदी छेउमै मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी गैँडाकोट–१ का १८ वर्षीय आशिष श्रेष्ठ र गैँडाकोट–८ का १७ वर्षीय भूपेन्द्र केसी मृत अवस्थामा नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
खोजीका लागि आएको गोताखोरको टोली, प्रहरी र विपद् व्यवस्थापनको टोलीले बालकको शव फेला पारेको हो । दुबैको शव मुचुल्का गरी परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ । आजै शव निरीक्षण गरी परिवारलाई बुझाइने प्रहरीले बताएको छ ।
प्रतिक्रिया