स्वर्णलक्ष्मी सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवाः पक्राउ

प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार १९:११


काठमाडाैं, कार्तिक २१ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवाःलाई पक्राउ गरेको छ ।

काठमाडौंको कालिमाटीमा रहेको उक्त सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको अभियोगमा उनलाई प्रहरीले गतराति नियन्त्रणमा लिएको हो ।

सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) अध्यक्ष रहेको उक्त सहकारीले रकम अपचलन गरेको भन्दै ६४५ जना बचतकर्ताहरूले जाहेरी दिएका थिए । बचतकर्ताहरूको जाहेरीको आधारमा प्रहरीले सो सहकारी ठगी सम्बन्धमा अनुसन्धान अगाडि बढाइरहेको बताएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....