वनभाेज गएर फर्किँदै गरेकाे गाडी दुर्घटना हुँदा २६ जना घाइते, दुईकाे अवस्था गम्भीर

काठमाडाैं, कार्तिक २१ ।
सुर्खेतको वीरेन्द्रनगर-७, कपासेमा वनभोज खाएर फर्किँदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटना भएकाे छ ।
सुर्खेतको छिन्चुबाट वनभोज खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेका यात्रु बोकेको कर्णाली प्रदेश ०२-०१ ख ०१८८ नम्बरको फोर्स गाडी नेपाली सेनाको कालिबहादुर गणको मूल गेटनजिकको घुम्तीमा दुर्घटनामा परेको हो ।
आज बुधबार साँझ भएको उक्त दुर्घटनामा परी २६ जना घाइते भएका हुन् । दुर्घटनालगत्तै कालीबहादुर गणबाट सेनानी कौशल कार्की र श्री नं. ४ फि ए गुल्मबाट प्राविधिक सह-सेनानी डा. सचित थापाको कमाण्डमा खटिएको सेनाको टोलीले उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल पठाइएको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार घाइते २६ मध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे छ । गाडी सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया