मोटरसाइकलले ठक्कर दिँदा ६९ वर्षीया प्रधानाङ्गको मृत्यु, फरार मानन्धर पक्राउ

काठमाडाैं, कार्तिक २२ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुञ्जे चोकमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बुधबार साँझ सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको वागमती प्र ०२-०२१ प ८१२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका-६ भोलाछेँ घर भई हाल भक्तपुर कटुञ्जे बस्ने ६९ वर्षीया विमला प्रधानाङ्गको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
दुर्घटनालगत्तै मोटरसाइकलसहित फरार चालक रामेछाप सुनापाती गाउँपालिका-५ घर भई हाल चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने २६ वर्षीय दिपक मानन्धरलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको हिरासतमा राखेर अनुसन्धानसहित थप कार्य अगाडि बढाइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया