कलंकीस्थित एक रेस्टुरेन्टमा पैसा लुटपाटमा नेपाल प्रहरीका असई र प्रहरी जवानकाे संलग्नता

प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहीबार २०:१९


काठमाडाैं, कार्तिक २२ ।
काठमाडौं उपत्यकामा हुने जघन्य र गम्भीर अपराध अनुसन्धानका निम्ति खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नै लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ ।

काठमाडाैं महानगरपालिकाकाे कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो खालको लेदरको पैसा लुटपाटमा उक्त कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढाको संलग्नता देखिएको हो ।

उनीहरू दुबै जनालाई महाशाखाको टोलीले पक्राउ गरेर थप अनुसन्धानका निम्ति बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ ।

काठमाडौं प्रहरी श्राेतकाअनुसार, अनुसन्धान कार्यालयको कीर्तिपुर प्रहरी वृत्तमा कार्यरत उनीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटपाट गरेको खुलेको हो ।

पुरानो लेदरको पैसासहित रेस्टुरेन्टमा पुगेका युवकलाई हत्कडी लगाउन उनीहरूले बिचौलियालाई हत्कडीसमेत दिएको खुलेको छ । त्यति बेला उनीहरू रेस्टुरेन्ट बाहिर बसेका थिए । लेदरको पैसा लिएर आएका युवकसामु देखिएका थिएनन् ।

लेदरको पैसा लुट्न उनीहरूको टोलीले २५ लाख रुपैयाँमा ‘बार्गेनिङ’ गरेकोसमेत अनुसन्धानका क्रममा खुल्न आएकाे छ । पछि लेदरको पैसा लिएर रकम नदिई उनीहरू त्यहाँबाट भागेका थिए ।

लेदरको पैसा लिएर आएका युवक र ती बिचौलिया भने फरार रहेका छन् । उनीहरूको खोजी कार्य तीब्र रूपमा भइरहेको पनि काठमाडौं प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....