बञ्चरो प्रहार गरी श्रीमानद्वारा ३९ वर्षीया श्रीमती प्रतिक्षा श्रेष्ठको हत्या

प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार ०२:५७


काठमाडाैं, कार्तिक २३ ।
भानु नगरपालिका-८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।

बञ्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।

हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....