फाेर्स गाडी दुर्घटनामा परी कम्तीमा चारकाे मृत्यु, २५ जना घाइते

प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार १८:२३


काठमाडाैं, कार्तिक २३ ।
दैलेख सुर्खेतकाे सीमा क्षेत्रमा पर्ने रानीमत्तामा भएको फोर्स गाडी दुर्घटनामा परी कम्तीमा पनि चार जनाको मृत्यु भएको छ । आज शुक्रबार दिउँसो दैलेखबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश -०२-००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलिसकेको छैन ।

दुर्घटनामा परी २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन् । उनकाअनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....