पाकिस्तानकाे एक रेल-वे स्टेशनमा विष्फाेट हुँदा कम्तीमा १७ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार १२:५८


एजेन्सी, कार्तिक २४ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेल-वे स्टेशनमा आज शनिबार भएको विष्फाेटमा परी कम्तीमा १७ जनाको मृत्यु भएकाे छ भने दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् ।

क्वेटा रेल-वे स्टेशनमा विष्फाेटमा घाइते भएका ४६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको बताउँदै मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताएका छन् ।

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समयानुसार बिहान ८ः४५ बजे  रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विष्फाेट भएको श्राेतले जनाएको छ ।

पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विष्फाेटका घटनाहरू बढाउँदै आएको जनाइएको छ ।

गत अगष्टमा भएका दर्जनौँ आक्रमणको जिम्मेवारी बीएलएले लिएको थियो जसले कम्तीमा ३९ जनाको ज्यानसमेत गएकाे थियो ।


प्रतिक्रिया


ताजा खबर

More

स्कूल बसकाे ठक्करबाट ८ वर्षीय बालककाे मृत्यु, आक्राेशित आफन्तद्वारा स्कूलभित्र आगलागी

काठमाडाैं, कार्तिक २७ । कञ्चनपुरमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएका एक बालकको उपचारकाे.....

नेपालद्वारा कुवेत १६५ रनले पराजित

काठमाडाैं, कार्तिक २७ । यूएईमा जारी.....