काठमाडौंको सडकमा जथाभावी बाटो काट्नेलाई दुई सय जरिवाना

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार १६:४६


काठमाडौं, जेठ १२ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यहीँ जेठ १६ गतेदेखि जथाभावी रूपमा बाटो काट्ने पैदल यात्रुलाई दुई सय जरिवाना गर्ने भएको छ ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौं उपत्यकामा सडक दुर्घटनाबाट बर्सनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेकोे जनाएको छ ।
जथाभावी बाटोमा हिँडेकै कारण बर्सनि ७०/८० जनाले सडकमा ज्यान गुमाउने गरेका छन्, यसलाई रोक्नु नै हाम्रो प्रमुख लक्ष्य हो ।

महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर कारबाही गर्न लागेको जनाएको छ । ऐनको दफा १३७ अनुसार पैदल हिँड्ने यात्रुले बाटो काट्दा जेब्राक्रसिङ र अकासे पुलनै प्रयोग गर्नुपर्छ ।

जथाभावी बाटो काट्नेलाई रु. दुई सय देखि रु. एक हजारसम्म जरिवाना गरिने कानुनी व्यवस्था बमोजिम कारबाही गर्न लागेको प्रमुख लामाले बताए ।

पैदलयात्राको क्रममा साथमा रु. दुई सय पनि नभएका यात्रुलाई तीन घन्टासम्म नियन्त्रणमा लिई ट्राफिक नियम सम्बन्धी शिक्षा दिइने महाशाखाले जनाएको छ ।

महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाई समेत कारबाही गर्दैआएको छ । गत चैत २८ गतेदेखि आजसम्म सात हजार ४६९ व्यक्ति कारबाहीमा परेका महाशाखाले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....