बोरेलो जिप दुर्घटनामा परी ११ जनाको घटनास्थलमै मृत्यु, ९ घाइते

प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार १५:५६


काठमाडाैं, कार्तिक २५ ।
कालिकोटको पलाँता गाउँपालिकामा आज आइतबार दिउँसो बोरेलो जिप दुर्घटनामा परेको छ ।

दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

मृतकको नाम र पहिचान भने खुलेको छैन । घटनास्थलतर्फ प्रहरी, सेनाको टोली गएको छ ।

दुर्घटनामा ९ जना घाइते भएको प्रजिअ भट्टराईले जानकारी दिए । घाइतेको उद्दारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर माग गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....