अदालतको आदेशसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि थप १३ दिन हिरासतमै रहने

प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार १६:२५


काठमाडाैं, कार्तिक २५ ।
कास्की जिल्ला अदालतले सूर्य दर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराधको कसुरमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज ओझाको एकल इजलासले सो निर्णय गरेको हो ।

अदालतको आदेशसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि अझै १३ दिन प्रहरी हिरासतमा नै रहने भएका छन् ।

उनीसँगै सोही प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाईं र पूर्व सञ्चालक रामकुमार खनाललाई पनि हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

रविलाई प्रहरीले असोज २ गते काठमाडौंमा पक्राउ गरेको थियो । अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथो पटक म्याद थप गरिएको हो ।

उनीविरुद्द रूपन्देही प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ । कास्की प्रहरीले यहाँको अनुसन्धान सकेपछि पूरक अनुसन्धानको लागि रविलाई बुटबल पठाउने जानकारी दिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

स्कूल बसकाे ठक्करबाट ८ वर्षीय बालककाे मृत्यु, आक्राेशित आफन्तद्वारा स्कूलभित्र आगलागी

काठमाडाैं, कार्तिक २७ । कञ्चनपुरमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएका एक बालकको उपचारकाे.....

नेपालद्वारा कुवेत १६५ रनले पराजित

काठमाडाैं, कार्तिक २७ । यूएईमा जारी.....