महिला चिकित्सकमाथि यौन दुर्व्यावहार अभियोगमा सिभिल अस्पतालका चिकित्सक पक्राउ
काठमाडौं, कार्तिक २६ ।
सिभिल अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन् ।
अस्पतालमा कार्यरत महिला चिकित्सकलाई यौन दुर्व्यावहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सहकर्मी महिला चिकित्सकले प्रहरीमा आफूमाथि यौन दुर्व्यावहार गरेको उजुरी दिएपछि ती चिकित्सकलाई पक्राउ गरिएको हो ।
अस्पताल श्रोतकाअनुसार प्रहरीले उनलाई कार्तिक १९ गते पक्राउ गरेको थियो । उनलाई यौन दुर्व्यावहारको उजुरीका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी प्रहरीले दिएको अस्पताल प्रशासनले जनाएको छ । उनी पक्राउ परेपछि अस्पतालले नियमअनुसार निलम्बन गरेको बताइएको छ ।
प्रतिक्रिया