गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
काठमाडाैं, कार्तिक २७ ।
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । स्थानीय सानोभर्याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाकाअनुसार निजलाई आज मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।
केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाँय सुनाएको थियो ।
प्रतिक्रिया