नेपालद्वारा कुवेत १६५ रनले पराजित

प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलवार १४:२६


काठमाडाैं, कार्तिक २७ ।
यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पारेको हो ।

२१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै रनमा अलआउट गर्‍याे । नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन रख्दै ८ रन दिएर ५ विकेट लिइन् । नेपालकी रचना कुमारी र सीमाना केसीले दुई/दुई विकेट लिए ।

यस्तै, कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

यसअघि दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो । नेपालकी कप्तान पुजा महतो ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । सावित्रि धामी ११ र सान प्रविनले ६ रन जोडे ।

कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए ।

प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालले यसअघि यूएईसँग मात्रै पराजित भएको छ । अब यूएईसँग भोलि बुधबार अन्तिम खेल खेल्ने छ ।


प्रतिक्रिया


ताजा खबर

More

अमेरिका पठाइदिने प्रलाेभनमा पारेर ठगी अभियाेगमा फिल्मकर्मी ऋचा घिमिरे र उनका पतिविरुद्ध प्रहरीमा उजुरी

काठमाडाैं, कार्तिक २८ । फिल्म ‘तेल भिसा’को प्रदर्शनको तयारीमा रहेका फिल्मकर्मी जोडी ऋचा.....