स्कूल बसकाे ठक्करबाट ८ वर्षीय बालककाे मृत्यु, आक्राेशित आफन्तद्वारा स्कूलभित्र आगलागी
काठमाडाैं, कार्तिक २७ ।
कञ्चनपुरमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएका एक बालकको उपचारकाे क्रममा मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका-५ का ८ वर्षीय अनमोल कुँवरको बसको ठक्करबाट मृत्यु भएको हो ।
सोमबार उनी कृष्णपुर नगरपालिका-२ स्थित डायमण्ड इङ्गलिस बोर्डिङ स्कूलको ना. ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए । विद्यार्थी उतारेर बस अघि बढ्दा सोही स्कूलमै अध्ययनरत् अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो ।
भारतको लखनौस्थित ईभीए अस्पतालमा उपचारको क्रममा बालकको आज मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए ।
स्कूल बसको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित बनेका थिए । दोषीमाथि कारबाहीको माग गर्दै विद्यालयमा भेला भएका उनीहरूले आक्रोशित आफन्तहरूले विद्यालयकाे प्राङ्गण र केही फर्निचर निकालेर आगोसमेत लगाएका थिए ।
प्रतिक्रिया