निर्मला पन्त प्रकरण : अन्तर्वार्ता दिने र प्रस्ताेता ऋषि धमलामाथि पनि सीआईबीद्वारा साेधपुछ

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार १५:०१


काठमाडाैं, कार्तिक २८ ।
कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गरेकाे भन्दै प्रहरीले गोरखाका नवराज अर्याललाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिरी जमानीमा छाडेको थियो ।

सीआईबीले थप अनुसन्धानका लागि आज बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआईबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्,’ उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौँ ।’

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाई रहेकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

काठमाडाैंकाे गाेकर्णेश्वरमा एकै परिवारका आमा, छाेरी र दुई महिने छाेरा मृत अवस्थामा फेला

काठमाडाैं, कार्तिक २९ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३, गाम्छामा एकै परिवारका तीन जना.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....