भारतीय ग्याँस बुलेटकाे ठक्करबाट एक पैदल यात्री महिलाकाे घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार १५:०९


काठमाडाैं, मंसिर ३ ।
चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा भारतबाट बनेपातर्फ जाँदै गरेको एक भारतीय ग्याँस बुलेटको ठक्करबाट एक पैदल यात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ । घटनापश्चात् स्थानीयद्वारा सडक अवरुद्ध बनाएपछि स्थिति केहीबेर तनावग्रस्त बनेकाे छ ।

आज सोमबार दिउँसो १ बजेतिरको समयमा उक्त स्थानमा एन एल ०१ ए ०२८० नम्बरको भारतीय ग्याँस बुलेटको ठक्करबाट अनुमानित ५०/५५ वर्ष उमेरको महिलाको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिएका छन् । उनकाअनुसार मृतकको नाम, थर, र वतन हालसम्म खुल्न सकेको छैन ।

घटनापश्चात् स्थानीयहरू ठूलो संख्यामा भेला भई शव उठाउन नदिएपछि राजमार्ग दुबैतर्फ अवरुद्ध भएको छ । स्थानीयहरूसँग समन्वय गरी स्थिति सामान्य बनाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।

ईलाका प्रहरी कार्यालय, मुग्लिङबाट निरीक्षक निरला भण्डारीको नेतृत्वमा ३९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । ठक्कर दिने भारतीय ग्याँस बुलेटलाई प्रहरीको निगरानीमा धादिङको मझिमटार पठाइएको प्रहरीले जनाएको छ ।

ग्याँस बुलेटका चालक भारत विहारको बेगुसराय जिल्ला निवासी ६२ वर्षीय मोहम्मद मतिनलाई मुग्लिङ प्रहरीको नियन्त्रणमा राखिएको छ । शवको व्यवस्थापन र बाटो सुचारु गर्न स्थानीयसँग प्रहरीको समन्वय जारी रहेको प्रवक्ता रिजालले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

भारतीय ग्याँस बुलेटकाे ठक्करबाट एक पैदल यात्री महिलाकाे घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

काठमाडाैं, मंसिर ३ । चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङस्थित पृथ्वीराजमार्गमा.....

कारोबारको दोश्रो दिन सुनको मूल्य पुनः बढ्यो

काठमाडौं, मंसिर ३ । नेपाली बजारमा आज.....