भारतमा वायु प्रदूषण गम्भीर श्रेणीमा, आजबाट विद्यालय बन्द

प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलवार ००:४०


एजेन्सी, मंसिर ४ ।
भारतको नयाँ दिल्लीमा वायु प्रदूषणकाे मापन गम्भीर श्रेणीमा पुगेको छ । सोमबार एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४९४ रेकर्ड गरिएको छ, जुन गम्भीर श्रेणीमा पर्छ ।

यसैगरी, आइतबारको तुलनामा एक्यूआई ५३ अंकले बढेकाे छ । वायु प्रदूषणलाई ध्यानमा राख्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आज मंगलबारदेखि कक्षा १२ सम्मका विद्यालय बन्द गर्न निर्देशनसमेत दिएकी छन् । सबै कक्षाहरू अनलाइन सञ्चालन हुने भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनसम्म बाक्लो हुस्सुको सम्भावना रहेको जनाएको छ । यस्तो अवस्थामा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ । कम भिजिबिलिटी र बाक्लो हुस्सुका कारण सोमबार दिनभर तापक्रम घटेको महाशाखाले जनाएको छ ।

अर्कोतर्फ, अशोक विहार, बवाना, द्वारका सेक्टर ८ लगायत १२ क्षेत्रमा एक्यूआई ५०० रेकर्ड मापन गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मेडिकल व्यावसायी दुर्गा प्रसाईं पुनः आफ्नै निवासबाट पक्राउ

काठमाडाैं, मंसिर ४ । मेडिकल व्यावसायी दुर्गा प्रसाईं पुनः आज मंगलबार आफ्नै निवास भक्तपुरबाट.....

देशका केही भू-भागमा आज वर्षाको सम्भावना

काठमाडाैं, मंसिर ४ । देशका केही.....