उपनिर्वाचनमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई आयाेगकाे निर्देशन

प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलवार ०१:३०


काठमाडाैं, मंसिर ४ ।
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपर्युक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ । मतदान कार्य सम्पन्न भएपश्चात् सोही दिन मतपत्रसहितका मतपेटिका सुरक्षित तवरले मतगणनास्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशनसमेत दिइएको छ ।

उपनिर्वाचन प्रचार-प्रसार निषेध अवधिमा आचार-संहिताको पूर्ण पालना गर्न/गराउन, आचार-संहिता पालना भए/नभएको अनुमगन गर्न र निषेधित कार्य भए/गरेको पाइएमा तत्काल कारबाही गर्न पनि आयोगले अनुराेध गरेको छ ।

यही मंसिर ५ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री-वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको आवागमनको उपर्युक्त व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।

निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल प्रभाव नपर्ने गरी सम्बन्धित स्थानीय तहका मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपर्युक्त प्रबन्ध गर्न पनि आयोगले आग्रह गरेको छ ।

स्थानीय तहमा विभिन्न कारणले रिक्त जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक/एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३४ वडाध्यक्ष गरी ४४ पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।


प्रतिक्रिया

ताजा खबर

More

मेडिकल व्यावसायी दुर्गा प्रसाईं पुनः आफ्नै निवासबाट पक्राउ

काठमाडाैं, मंसिर ४ । मेडिकल व्यावसायी दुर्गा प्रसाईं पुनः आज मंगलबार आफ्नै निवास भक्तपुरबाट.....

देशका केही भू-भागमा आज वर्षाको सम्भावना

काठमाडाैं, मंसिर ४ । देशका केही.....