देशका केही भू-भागमा आज वर्षाको सम्भावना

प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलवार ०७:०१


काठमाडाैं, मंसिर ४ ।
देशका केही भू-भागमा आज मंगलबार वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागकाअनुसार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले राति कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताइएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....