देशभर पश्चिमी वायुकाे आंशिक प्रभाव, केही स्थानमा हल्का हुस्सु, हिमपात तथा हल्का वर्षाकाे सम्भावना

प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार ०६:५५


काठमाडाैं, मंसिर ५ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

विभागकाअनुसार आज बुधबार दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....