गोदावरीमा एक सय भूकम्प पीडित परिवारका लागि एकीकृत बस्ती निर्माण

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार १३:०१


काठमाडौं, जेठ १३ ।
ललितपुर जिल्लाको गोदावरी नगरपालिका–६ स्थित काफलडाँडा र लामिडाँडामा १०० घर परिवारका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ ।

२०७२ साल बैशाख १२ गतेको भूकम्प र पटक पटकको परकम्पले क्षति हुन पुगेका त्यस क्षेत्रका घर पुनःनिर्माण हुन नसक्दा स्थानीयवासी टहरामा बस्न बाध्य रहेका छन् ।

बतास फाउन्डेसन, एसटेन एबल कन्स्ट्रक्सन प्रालि र ओमान च्यारिटेबल अर्गनाइजेसनको साझेदारीमा एकीकृत बस्ती निर्माण हुन लागेको हो । बस्ती तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले शुक्रबार एकीकृत बस्तीको शिलान्यास गरेका छन् । सो अवसरमा राज्यमन्त्री खड्काले भूकम्पपीडितका लागि सबै किसिमका पूर्वाधार पुग्ने स्थलमा एकीकृत बस्ती निर्माण गरिनु उदाहरणीय काम भएको बताए ।

कार्यक्रममा सांसद उदय शमशेर राणा, गोदावरी नगरपालिकाका नवनिर्वाचित मेयर गजेन्द्र मर्हजन लगायतले भूकम्पपीडितका लागि स्थायी आवास पुनःर्निर्माणमा पहिलो प्राथमिकता दिइनु पर्नेमा जोड दिएका छन् ।

स्थानीयवासी रामप्रसाद सापकोटाले भूकम्पको दुई वर्ष बित्दासमेत आवास पुनःनिर्माण गर्न नसकेकामा सहयोगी संस्थाले पुण्यको काम गरेको बताए ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....