गीतकार एवं हाइकुकार ‘अमर’को नयाँ हाइकु संग्रह ‘खेल मैदान’ सामूहिक रूपमा विमोचन

प्रकाशित मिति: २२ पुष २०८१, सोमबार १७:३१


काठमाडौं, पुष २२ ।
जापानी साहित्यबाट आएको हाइकु नेपालमा आएपछि तीन दशकदेखि नेपाली साहित्यमा छोटो कविता शैली हाइकु नेपालमा प्रचलित रहँदै आएको छ । हाइकु नेपाल र नेपालीको निमित्त विशेष साहित्य बनेको छ, यही साहित्यको कृति वरिष्ठ साहित्यकार एवं हाइकुकार प्रा. पुष्कर लोहनीबाट एक समारोहकबीच ‘खेल मैदान’ (हाइकु सङ्ग्रह) सार्वजनिक गरेका छन् । करिब चार दशकदेखि साहित्यका विभिन्न विधाबाट निरन्तर कलम चलाउँदै आएका वरिष्ठ साहित्यकार, कवि, गीतकार एवं हाइकुकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उक्त पुस्तक ओएसनेपालबाट प्रकाशित गरिएको हो ।

कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रा. पुष्कर लोहनीले विक्रम सम्वत् २०५६ सालमा साहित्यकार सुरेन्द्र महर्जनलाई पहिलो भेटपछि हालसम्म पनि निरन्तर रूपमा भेट हुँदै गरेको र आगामी दिनमा मेरो र सुरेन्द्रको संयुक्त रूपमा हाइकु सङ्ग्रह पनि प्रकाशित गर्ने सोच बनाएको उनले बताए । उहाँलाई साहित्य, कला र चित्रकारिताको शुभकामनासमेत दिएका छन् ।
कार्यक्रममा प्रकाशकको तर्फबाट विवेक कार्कीले करिब दुई दर्जन कृति ओएसनेपालबाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को कृतिहरू निरन्तर प्रकाशित गर्दै आइरहेकोे र आगामी दिनहरूमा पनि मौका मिलेको खण्डमा उहाँको कृति प्रकाशित गर्दै रहने जानकारी गराएका छन् ।
सो कार्यक्रममा राजेन्द्र बस्नेत, रामचन्द्र कोइराला, निमेश के. सी, अष्ट महर्जन र गायक/कलाकार चिरञ्जीवी भण्डारीले पुस्तकको बारेमा आ-आफ्नो धारणा राखेका थिए ।जापानी साहित्यबाट आएको हाइकु नेपालमा आएपछि तीन दशकदेखि नेपाली साहित्यमा छोटो कविता शैली हाइकु नेपालमा प्रचलित रहँदै आएको छ । हाइकु नेपाल र नेपालीको निमित्त विशेष साहित्य बनेको छ, यही साहित्यको कृति वरिष्ठ साहित्यकार एवं हाइकुकार प्रा. पुष्कर लोहनीबाट एक समारोहकबीच ‘खेल मैदान’ (हाइकु सङ्ग्रह) सार्वजनिक गरेका छन् । करिब चार दशकदेखि साहित्यका विभिन्न विधाबाट निरन्तर कलम चलाउँदै आएका वरिष्ठ साहित्यकार, कवि, गीतकार एवं हाइकुकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उक्त पुस्तक ओएसनेपालबाट प्रकाशित गरिएको हो ।

कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रा. पुष्कर लोहनीले विक्रम सम्वत् २०५६ सालमा साहित्यकार सुरेन्द्र महर्जनलाई पहिलो भेटपछि हालसम्म पनि निरन्तर रूपमा भेट हुँदै गरेको र आगामी दिनमा मेरो र सुरेन्द्रको संयुक्त रूपमा हाइकु सङ्ग्रह पनि प्रकाशित गर्ने सोच बनाएको उनले बताए । उहाँलाई साहित्य, कला र चित्रकारिताको शुभकामनासमेत दिएका छन् ।

कार्यक्रममा प्रकाशकको तर्फबाट विवेक कार्कीले करिब दुई दर्जन कृति ओएसनेपालबाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को कृतिहरू निरन्तर प्रकाशित गर्दै आइरहेकोे र आगामी दिनहरूमा पनि मौका मिलेको खण्डमा उहाँको कृति प्रकाशित गर्दै रहने जानकारी गराएका छन् ।

सो कार्यक्रममा राजेन्द्र बस्नेत, रामचन्द्र कोइराला, निमेश के. सी, अष्ट महर्जन र गायक/कलाकार चिरञ्जीवी भण्डारीले पुस्तकको बारेमा आ-आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

रिलायबल नेपाल लाईफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाख दाबी भुक्तानी

काठमाडौं, पुष २३ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी.....

भूकम्पका कारण हालसम्म दुई वटा घरमा क्षति

काठमाडौं, पुष २३ । आज मंगलबार बिहान.....