जेठ १८ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

प्रकाशित मिति: २ जेष्ठ २०८२, बिहीबार १६:०१


काठमाडाैं, जेठ १ ।
यस वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा आउँदो जेठ १८ गते हुने भएको छ । आज बिहीबार बिहान ललितपुरको मङ्गलबजारमा बसेको ज्योतिषी सभाले जेठ १८ गते भोटो जात्राको साइत निकालेको हो ।

त्यसअघि, १५ गते रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेलतर्फ तानिनेछ । रथ तानेर जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो जात्रा मनाउने चलन रही आएको छ ।

भोटो जात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने गर्छ । रथलाई पाटनबाट पश्चिम दिशातर्फको बुङ्गमती लैजाने भएकाले यसलाई पश्चिगमन यात्रा पनि भनिन्छ । जावलाखेलमा भोटो जात्रापछि मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमति फिर्ता लगिन्छ ।

यसैगरी, मीननाथको रथलाई तानेर टंगलमा ल्याइने छ । योसँगै यस वर्षको रातो मच्छिन्द्रनाथको जात्रा समापन हुन्छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....