काठमाडाैंकाे वनस्थलीबाट इभी माइक्राे बस चाेरी, साेही स्थान बस्ने १८ वर्षीय युवा पक्राउ

प्रकाशित मिति: २ जेष्ठ २०८२, बिहीबार २०:०५


काठमाडाैं, जेठ १ ।
काठमाडौं महानगरपालिकाको वनस्थलीबाट माइक्रो बस चोरी भएको छ ।

वागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रो बस काठमाडौं महानगरपालिका-१६ वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टर भित्रको पार्किङबाट चोरी भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

बस बैशाख २९ गते बिहान करिब साढे ४ बजे चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न व्यक्तिलाई धादिङबाट पक्राउ गरेको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भइ हाल काठमाडौंको वनस्थली बस्ने १९ वर्षीय सुदिप थापाले चोरेर धादिङ पुर्‍याएको र उनलाई सवारी साधनसहित जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा पक्राउ गरिएकाे हाे ।

सुदिपलाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....