काठमाडाैंकाे पेप्सीकाेलामा हात्ती गाडी बिजुलीकाे पाेलमा ठाेक्किएर दुर्घटना, एक घाइते (फाेटाेफिचर)

काठमाडाैं, जेठ १ ।
काठमाडाैं महानगरपालिका-३२ स्थित पेप्सीकाेलामा आज बिहीबार दिउँसाे करिब साढे १ बजेकाे समयमा एउटा हात्ती गाडी नराम्राेसँग बिजुलीकाे पाेलमा ठाेक्किएर पल्टिएकाे छ ।
वागमती प्रदेश ०१-०३१-च ५६९७ नम्बरकाे उक्त गाडीमा चालकसहित दुई जना व्यक्ति सवार रहेका थिए । चालकलाई भने दायाँ हातमा सामान्य चाेटपटक लागेकाे छ भने हाल उनकाे अस्पतालमा उपचार भइरहेकाे अगाडिकाे सिटमा रहेका अर्का एक व्यक्तिले जानकारी दिएका छन् । उनकाअनुसार गाडी एकदम तीब्र गतिमा रहेका कारण ब्रेक फेल भएर बिजुलीकाे पाेलमा ठाेक्किएर दुर्घटना भएकाे हाे ।
उक्त गाडीमा प्लाष्टिकका झाेलाहरू लाेड गरेर गन्तव्यतर्फ जाँदै गरेकाे थियाे । सामानसहित सँगै आएका अर्का एक व्यक्ति सकुशल रहेका छन् ।
प्रतिक्रिया