सुनचाँदी काराेबारकाे अन्तिम दिन पनि सुन र चाँदीकाे मूल्य बढ्याे
काठमाडाैं, माघ ४ ।
नेपाली बजारमा सुनचाँदी काराेबारकाे अन्तिम दिन आज शुक्रबार पनि सुन र चाँदीको मूल्य पुनः बढेकाे छ । आज सुन प्रति तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार छापावाल सुन १ हजार ३ सयले बढेर आज प्रति तोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार तोलामा १ हजार २ सय रुपैयाँले बढेर तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको थियो । बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघकाअनुसार चाँदी प्रति ताेला १० रुपैयाँले बढेर चाँदी आज प्रति तोला १ हजार ८ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो बिहीबार ८० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया