नबिल बैंकद्वारा नाेक्सा प्रविधिमा आधारित २० थान माेबाइल ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण

प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार १८:०९


काठमाडाैं, माघ ४ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई मोबाइल हस्तान्तरण गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार नाेक्स प्रविधि प्रयोग भएका मोबाइल अरू मोबाइलभन्दा डाटा सुरक्षामा सुरक्षित र सुदृढ रहने हुँदा सार्वजनिक सुरक्षा, कानूनी कार्यसम्पादन गर्न तथा अरू ट्राफिकका दैनिक कामकाज डिजिटल रूपमा सञ्चालन गर्न प्रयोग गरिने जानकारी दिए ।

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ट्राफिक व्यवस्थापन सरल र सहज गरी प्रविधिमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि मोबाइल फोन उपलब्ध गराइएको जानकारी गराएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले नबिल बैंकको यस सहयोगले ट्राफिक प्रहरीको काम कारबाहीलाई छिटो र छरितो अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । “बैंकले उपलब्ध गराएको मोबाइलको प्रयोगले प्रविधिमैत्री सेवा प्रवाहमा थप प्रभावकारी हुनेछ, आगामी दिनमा पनि बैंकसँग सहयोग र सहकार्य जारी रहनेछ”, उनले भने ।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । आगामी दिनमा पनि समाजको समग्र सुधारका कार्यक्रमलाई निरन्तरता दिइने बैंकको एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्र हत्या अभियोगमा काठमाडौंका २७ वर्षीय प्रधान पक्राउ

काठमाडाैं, माघ ५ । सामाजिक सञ्जालको फेसबुकको दुरूपयोग गरी युवतीको चरित्र हत्या गरेको.....