नक्कली नेपाली सेना बनेर ३ लाख ठगी अभियाेगमा भक्तपुर ठिमी बस्ने ३० वर्षीय युवा पक्राउ
काठमाडाैं, माघ ५ ।
नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
रामेछाप मन्थली नगरपालिका-३ ठेगाना भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ बस्ने ३० वर्षीय राजु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखी रकम दिन र आफूसँग भएको जग्गा जमिन पीडितको नाममा पास गरिदिन्छु भनी झुट्ठा विश्वास दिलाई ३ लाख रुपैयाँ लिई फरार भएका थिए ।
घटनामा संलग्न कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीकाे टाेलीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर महानगरपालिका जावलाखेल पठाइएको छ ।
प्रतिक्रिया